नेपाली (nēpālī)
बिजनेसमा भएका महिलाहरुको निम्ति 2025 (१ 22 औं वार्षिक) स्टिभ® बिजनेस अवार्डमा हामी तपाईंको संस्थालाई नोमिनेशन पेश गर्नको निम्ति आव्हान गर्दछौं। विशेष रुपले महिलाहरुको निम्ति यस विश्व कै पहिलो बिजनेस अवार्ड कार्यक्रमलाई प्रतिष्ठित अन्तराष्ट्रिय बिजनेस अवार्ड® र अमेरिकन बिजनेस अवार्ड® का निर्माताहरुले निर्माण गर्नु भएको छ।
यदि तपाईं यो एण्ट्रि किट प्राप्त गर्न चाहनु हुन्छ, जसमा तपाईंको नोमिनेशनहरु कसरि तयार गर्ने र पेश गर्ने भन्ने विषयमा सम्पूर्ण निर्देशनहरु छन, त्यसको लागि यहाँ तपाईंको इमेल पठाउनुहोस् र हामी तपाईंलाई यो इमेलमा पठाइदिने छौं l हामी संग अति कडा गोपनियताको नीति रहेको छ त्यसकारण तपाईंको इमेल ठेगाना अरु कसैलाई दिईनेछैन, चाहे कुनै कारण किन नहोस् l
यस वेबसाइट भित्र यो मात्रै एउटा त्यस्तो पेज हो जहाँ तपाईंले यो भाषामा देख्नु हुनेछ l अरु सबै पेजहरु अंग्रेजीमा छन्, ठिक जस्तो एण्ट्रि किटमा रहेको छ l यसको कारण हामी नोमिनेशनहरु अंग्रेजीमा बुझाएको चाहन्छौं, ताकि निर्णायक प्रक्रियामा विश्वव्यापी रुपमा बिजनेस व्यवसायीहरु सहभागी हुन सकुन l
बिजनेसमा भएका महिलाहरुको निम्ति यो स्टिभ अवार्डले विश्वव्यापी रुपामा महिला उद्धमीहरु, प्रशासनिक कर्मचारीहरु, कामदारहरु र उनीहरुले संचालन गर्ने संस्थाहरुका उपलब्धिरुको कदर गर्छ। यस स्टिभ अवार्ड संस्था, जसले अवार्ड वितरण गर्छ, यो युनाइटेड स्टेट्समा अवस्थित छ। यो संस्था अन्य सात स्टिभ अवार्ड्स प्रतिस्पर्धा योजना गरिसकेको संस्था हो जसको विषयमा तपाईंले यहाँ जान्न सक्नुहुन्छ www.StevieAwards.com द स्टिभ अवार्ड ट्रफी संसारको सबै भन्दा धेरै चाहना गरिएको एउटा पुरस्कार बनेको छ।
2024 मा, बिजनेसमा भएका महिलाहरुको निम्ति द स्टिभ अवार्ड न्यु योर्क, यु एस ए मा नोभेम्बरमा आयोजना गरिएको गाला ब्याङ्कुएटमा ३० भन्दा बढि राष्ट्रहरु बाट आएका संस्थाहरु र व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो 2024 संस्करणमा विजेताहरुको सुची हेर्न यहाँ क्लिक गर्नुहोस्। .
बिजनेसमा भएका महिलाहरुको निम्ति स्टिभ अवाअर्ड्स बाट छान्नको लागि धेरै प्रकारको अवार्ड विधाहरु छन lयदि तपाईं सहभागी हुन चाहनु हुन्छ भने, तपाईंको संस्थाले जे कुरामा पहिचान प्राप्त गर्न खोजेको होत्यसै संग मेल खाने विधालाई चुन्नु पर्नेछ, र ति विधाको निम्ति दिईएको निर्देशन बमोजिम तपाईंको नोमिनेशनहरु तयार गर्नु पर्नेछ lउपलब्ध भएका विधाका प्रकारहरु निम्न रहेका छन:
- व्यक्तिगत महिला अवार्ड विधामा, निम्न समावेश छन
- वर्षको उद्धमी महिला
- वर्षको प्रवर्तक महिला
- वर्षको व्यवसायिक महिला
- वर्षको कर्मचारी महिला
- (महिला-स्वामित्वको वा-संचालित) कम्पनि/संस्था अवार्ड विधाहरु
- (महिलाको निम्ति/बाट विकसित) नयाँ उत्पादन र सेवा अवार्ड विधाहरु
- (महिलाको निम्ति/बाट विकसित) संचार तथा मार्केटिङ्ग अवार्ड विधाहरु
- (महिलाको निम्ति/बाट विकसित) मिडिया अवार्ड विधाहरु
- उपलब्धि विधाहरु
विधाहरुको विवरणको एउटा सुची, प्रत्येकलाई पेश गर्ने नियमहरु, प्रवेश गर्ने अन्तिम मिति, र आवश्यक पर्ने अन्य कुनै पनि प्रवेश शुल्कहरु प्रवेश किट (एण्ट्रि किट) मा बताइएको छ।
सेप्टेम्बर 19 मा वुमन इन बिजनेसमा 2025 स्टीभ अवार्डका लागि फाइनलहरू घोषणा गरिनेछ। सुन, रजत र कांस्य स्टीभ पुरस्कार विजेताहरू न्यूयोर्क शहरमा भोजमा देखा पर्नेछन्। समारोहमा विजेताहरूलाई स्वर्ण स्टिभ अवार्ड ट्रफी र रजत र कांस्य पदकहरू प्रदान गरियो।
तपाईं संग बिजनेसमा महिलाको निम्ति द स्टिभ अवार्ड्सको विषयमा वा अन्य स्टिभ अवार्ड्स कार्यक्रमहरुको विषयमा केहि जिज्ञासाहरु भएमा कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
The Stevie Awards
10560 Main Street, Suite 519
Fairfax, Virginia 22030, USA
Phone: +1 703-547-8389
Fax: +1 703-991-2397
Email: help@stevieawards.com